बिहीबार, असार ५,२०८२ 01:56:17
  • बिहीबार, असार ५,२०८२ 01:56:17
Global IME Bank Limited

कारोबार गर्न अझै जान्दैनन् लगानीकर्ता, ६ महिनामा तिरे २.७३ करोड बढी जरीवाना

Hyundai Nepal
कारोबार गर्न अझै जान्दैनन् लगानीकर्ता, ६ महिनामा तिरे २.७३ करोड बढी जरीवाना
Nabil Bank Limited

काठमाण्डौ । लगानीकर्ताले चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्म २ करोड ७३ लाख रुपैयाँभन्दा बढी क्लोजआउट बापत जरिवाना तिरेका छन् । सीडीएससी एण्ड क्लियरिङले उपलब्ध गराएको आँकडा अनुसार लगानीकर्ताले समीक्षा अवधिसम्म २ करोड ७३ लाख रुपैयाँभन्दा बढी रकम क्लोजआउट तिरेका हुन् ।  

विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । समयमै ईडीआईएस नगर्दा कारोबारको २० प्रतिशत रकम जरिवाना स्परुप तिनुपर्ने व्यवस्था छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ । तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस गर्नुपर्छ भन्ने ज्ञानको अभाव देखिन्छ ।  

त्यसैले ‘मेरो सेयर’ आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने यकिन गर्न पनि लगानीकर्ताहरु चुक्ने गरेका छन् । जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन् ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री बनेको छ । ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन् ।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ । प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या रही नै राखेको देखिन्छ ।  

सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउटबापत लगानीकर्ताहरुले १८ करोड ३२ लाख रुपैयाँ बढी तिरेका थिए ।  आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउटबापत लगानीकर्ताले ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम जरिवना स्वरुप तिरेका थिए ।  

तर गत आर्थिक वर्ष २०७९/८० मा भने लगानीकर्ताले तिर्ने क्लोज आउटबापतको जरिवना आधाभन्दा बढीले घटेको सीडीएससीको तथ्यांकले देखाउँछ । बजारमा गिरावट आउँदा यस्तो जरिवाना पनि घट्ने गरेको सीडीएस स्रोतले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.