मंगलवार, श्रावण १२,२०८३ 10:36:41
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:36:41
Bizshala
Global IME Bank Limited

मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा सयौँ सवारी रोकिए, पहिरो हटाउने काम जारी

मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा सयौँ सवारी रोकिए, पहिरो हटाउने काम जारी
New Office

काठमाण्डौ । वर्षायामसँगै बढेको पहिरोको जोखिमका कारण देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। मंगलबार बिहान मुग्लिन नजिकै खहरे खोलामा सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार बिहान करिब ८ः५० बजे अचानक खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जसका कारण हजारौँ यात्रु प्रभावित भएका छन्।

पहिरोका कारण अवरुद्ध सडक खुलाउन तत्कालै पहिरो पन्छाउने काम सुरु गरिएको छ। सडक डिभिजन भरतपुरका अनुसार घटनास्थलमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको र करिब डेढ घण्टाभित्र सडक सफा गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सम्बन्धित निकायले जनाएको छ।

मुग्लिन–नारायणगढ सडकखण्ड पहाडी भू–भाग हुँदै जाने र वर्षात्को समयमा पटकपटक पहिरोको जोखिम रहने मार्ग हो। यसअघि पनि वर्षाका कारण यस सडकखण्डमा यातायात अवरुद्ध हुने गरेको छ।

यातायात सञ्चालन पुनः सुरु नभएसम्म वैकल्पिक व्यवस्था तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले यात्रुलाई आग्रह गरेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.