आईतवार, असार १,२०८२ 11:06:22
  • आईतवार, असार १,२०८२ 11:06:22
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा र बीमाशुल्क आर्जन दुवै बढ्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा र बीमाशुल्क आर्जन दुवै बढ्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ४६.०६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १८ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म ७८ करोड ४४ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा ८१.५७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ४३ करोड २० रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

त्यस्तै कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड २७ लाख र लगानी तथा कर्जा आम्दानी २५ करोड ६८ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल आम्दानी १ अर्ब २७ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८८.०३ प्रतिशतले बढी हो । तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १२ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म कम्पनीले ८६ करोड ७७ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १११.३१ प्रतिशतले बढी हो ।  

कम्पनीको महाविपत्ती कोषको आकार ४ करोड ५ लाख र रिटेन्ड अर्निङ ७ करोड ९७ लाख रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस १३.१४ रुपैयाँबाट बढेर १७.४१ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८४.३२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४००.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१.०२ गुणा र तरलता अनुपात २.०१ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.