सोमबार, असार २,२०८२ 04:54:32
  • सोमबार, असार २,२०८२ 04:54:32
Global IME Bank Limited

रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण,सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?

Hyundai Nepal
रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण,सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयरको शिलबन्दी बोलपत्र आज खोलिएको छ । उक्त बोलपत्र नेपाल स्टक एक्सचेञ्च लिमिटेडको कार्यालयमा आज खोलिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सेयरमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताबाट आवेदन परेको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १८ वटा संस्थागत लगानीकर्ताले उच्च मूल्य प्रतिकित्ता रु.९१२ मा बोलपत्र आवेदन पेश गरेका छन् ।

कम्पनीको सेयरको कट अफ मूल्य उच्च मूल्य अर्थात ९१२ नै निर्धारण गरिएको छ । यो मूल्यमा सेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताले आवेदनको अनुपातमा सेयर प्राप्त गर्नेछन् । यसको अर्थ प्रतिकित्ता ९१२ रुपैयाँ मूल्यमा बोलपत्र पेश गर्नेले माग गरेको कुल सेयरको ६५.७२ प्रतिशत मात्रै प्राप्त गर्नेछन् ।  

यो मूल्यभन्दा बढीमा सेयर माग गर्नेहरुले भने माग गरेबमोजिम नै सेयर प्राप्त गर्नेछन् ।  

कम्पनीले गत माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।  

अब दोस्रो चरण अन्तर्गत सर्वसाधारणलाई कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर आईपीओ जारी गरिनेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता रु.८२०.८० मा आईपीओ जारी गर्नेछ ।  

कम्पनीले बुक बिल्डिङमार्फत हाल कायम चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि जारी गरिएको हो ।  

सर्वोत्तम सिमेन्टपछि बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने रिलायन्स स्पीनिङ मिल्स दोस्रो कम्पनी बन्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.