मंगलवार, असार ३,२०८२ 04:11:42
  • मंगलवार, असार ३,२०८२ 04:11:42
Global IME Bank Limited

जीबी राईको लोकेशन पत्ता लागिसक्यो, नेपाल ल्याउने विषयमा छलफल भईरहेको छ: गृहमन्त्री लामिछाने

Hyundai Nepal
जीबी राईको लोकेशन पत्ता लागिसक्यो, नेपाल ल्याउने विषयमा छलफल भईरहेको छ: गृहमन्त्री लामिछाने
Nabil Bank Limited

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँगको सम्वादको क्रममा गृहमन्त्री लामिछानेले जीबी राई मलेसियामा रहेको पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा छलफल भईरहेको बताएका हुन् ।  

यस विषयमा मलेसियाका गृहमन्त्रीसँग २ पटक कुराकानी भएको उल्लेख गर्दै लामिछानेले भने ,‘ ३/४ दिन अगाडि पनि मेरो उहाँसँग कुराकानी भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएका कारणले अलिकति कूटनीतिक पहलहरूमा समय लागेको छ । तर हामी नजिक छौँ । हामीले दिनरात कोसिस गरी नै रहेका छौँ ।’  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२०८० असोज १८ गते सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो । मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परेका छन् । उनीहरु हाल पुर्पक्षका लागि कारागारमा छन् । मुख्य आरोपी जीबी राईसहित १४ जना भाने फरार छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.