शनिबार, असार ७,२०८२ 12:41:09
  • शनिबार, असार ७,२०८२ 12:41:09
Global IME Bank Limited

ताइवानको सेयर बजार बन्यो सबैभन्दा राम्रो प्रदर्शन गर्ने एशियाली बजार, अन्य देशको कस्तो छ अवस्था ?

Hyundai Nepal
ताइवानको सेयर बजार बन्यो सबैभन्दा राम्रो प्रदर्शन गर्ने एशियाली बजार, अन्य देशको कस्तो छ अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । हालको मितिसम्म सन् २०२४ मा सबैभन्दा राम्रो प्रदर्शन गर्ने एशियाली सेयर बजारको रुपमा ताइवानको सेयर बजार रहेको छ । कृत्रिम बौद्धिकताप्रति लगानीकर्ता आशावादी बनेपछि यो वर्षको पहिलो ६ महिनासम्ममा ताइबानको सेयर बजार शीर्ष एशियाली बजारको रुपमा उदाएको हो ।  

यो वर्ष ताइवानको सेयर बजार २८ प्रतिशतले वृद्धि भईसकेको छ । एआई कम्पनीको सेयरमूल्यमा आएको उछालका कारण ताइवानको सेयर बजारमा आकर्षण देखिएको छ । ‘ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्प’को सेयरमूल्य जनवरीदेखि जुन महिनासम्ममा ६३ प्रतिशतले वृद्धि भईसकेको छ ।  

यस्तै यो कम्पनीको प्रतिस्पर्धी फक्सकनको सेयरमूल्य भने १०५ प्रतिशतले वृद्धि भएको छ । ताइवानसहित विश्वको सेयर बजारमा यो वर्ष एआई कम्पनीहरुको राम्रो पर्दशन र विश्वका केन्द्रीय बैंकहरुको नितीका कारण वृद्धि भईरहेको र यसले अझै निरन्तरता पाउने बजारसम्बन्धी विज्ञहरुले बताएका छन् ।  

यो वर्ष सबैभन्दा राम्रो प्दर्शन गर्ने दोस्रो एशियाली बजारको रुपमा जापानको बजार रहेको छ । यो वर्ष जापानको सेयर बजारले नयाँ–नयाँ  उचाई छुईरहेको छ । यो वर्ष जापनको निक्की२२५ १८ प्रतिशतले बढीसकेको छ । गत फेब्र्ुअरी महिनामा निक्कीले ३४ वर्षिय रकेर्ड तोड्दै नयाँ रेकर्डतोड विन्दुमा पुगेको थियो ।  

निक्कीले सन् १९८९ डिसेम्बर २९ को ३८ हजार ९१ ५.८७ को हालसम्मकै उच्च विन्दु पार गरेको थियो । गत मार्च २२ मा निक्कीले ४० हजारको मनोवैज्ञानिक विन्दु पार गर्दै ४० हजार ८८८.४३ विन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

जापानको कर्पोरेट सुशासनको स्तरमा आएको सुधारका कारण सेयर बजारमा वृद्धि देखिएको हो । यस्तै त्यहाँको केन्द्रीय बैकको मुद्रास्फितीलाई नियन्त्रणमा राख्न सक्ने विश्वास र लचिलो मौद्रिक नितीका कारण समेत बजारमा सुधार आएको विज्ञले बताएका छन् ।  

थाइल्याण्ड,इन्डोनेशिया र फिलिपिन्सको सेयर बजारमा गिरावट आईरहेको छ । यो वर्ष थाइल्याण्डको सेट इन्डेक्स ८ प्रतिशतले घटिसकेको छ । यो वर्ष एशियाली बजारमा सबेभन्दा नराम्रो प्रदर्शन गर्ने बजारको रुपमा थाईल्याण्डको बजार रहेको छ ।  

यस्तै इन्डोनेशियाको जाकर्ता कम्पोजिट पनि २.८८ प्रतिशतले घटिसकेको छ । फिलिपिन्सको फिलिपनि स्टक एक्सचेन्ज इन्डेक्स पनि ०.६० प्रतिशतले ओरालो लागेको छ ।  

प्रायजसो सबै एशियाली केन्द्रीय बैंकको ध्यान यतिबेला अमेरिकाको केन्द्रीय बैंक(फेड)ले तय गर्ने मौद्रिक नीतिमा अडिएको छ । एशियाली केन्द्रीय बैंकहरुले फेडले लिने मौद्रिक नीतिका आधारमा आफ्ना चाल चल्ने गर्छन ।  

फेटले सन् २०२३ को अन्त्यतिर यो वर्ष थुप्रैपटक ब्याजदरमा कटौति गर्ने संकेत गरेको थियो । तर गत मे महिनामा बसेको फेडको बैठकले यो वर्ष एकपटक मात्रै ब्याजदरमा कटौति हुन सक्ने अनुमान गरेको छ । -एजेन्सी 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.