सोमबार, असार २,२०८२ 09:38:54
  • सोमबार, असार २,२०८२ 09:38:54
Global IME Bank Limited

अब ५ मिनेटभन्दा कम समयमै हुनेछ ईभी कार चार्ज, बेलायतमा विकास भयो यस्तो चार्जर

Hyundai Nepal
अब ५ मिनेटभन्दा कम समयमै हुनेछ ईभी कार चार्ज, बेलायतमा विकास भयो यस्तो चार्जर
Nabil Bank Limited

काठमाण्डौ । विद्युतीय सवारी साधन(ईभी)का बारे आम मानिसले दिने मुख्य चासोको विषय भनेको यसको ब्याट्रीको बारेमा हो । ब्याट्री चार्ज गर्न लामो समय पर्खनु पर्ने भएकाले ईभीको ब्याट्री बारे धेरै चासो राख्ने गरेको पाइन्छ । तर अब पट्यारलाग्दो चार्जिङको पर्खाइबाट ईभीका प्रयोगकर्ताले उन्मुक्ति पाउने भएका छन् ।  

बेलायतको स्र्टाअप कम्पनीले यसको उत्तर पत्ता लगाएको छ । क्याम्ब्रिजमा आधारित स्टार्टअप कम्पनी नियोबोल्टले ३५ किलोवाट आवरको लिथियम–ईयोन ब्याट्री विकास गरेको छ । जुन केलव साढे ४ मिनेटमा नै १० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । कम्पनीले गत साता यो ब्याट्रीको परीक्षण गरेको थियो ।  

यो समय अहिले टेस्ला जस्ता कम्पनीहरुले फास्ट चार्जर प्रयोग गरेर २० मिनेटमा गरिरहेको चार्जको तुलनामा निकै कम समय हो । यस्तै यो अधिकांश ग्यासोलिन कारहरुमा फिलअप गर्न लाग्ने २ मिनेटको समयको निकै नजिक पनि हो ।  

बेलायत र अमेरिकामा गरिएको अनुसन्धानमा नयाँ ब्याट्री प्रविधि विकास गरिएको र असम्भव मानिएका प्रडक्ट र सर्भिसलाई विद्युतीकरण गर्नतर्फ अग्रसर भईरहेको नियोबोल्टका सीईओ साई शिवारेड्डीले बताए । नियोबोल्ट क्याम्ब्रिज विश्वविद्यालयका ब्याट्री वैज्ञानिक क्ल्येर ग्रे र यहाँबाट शिक्षा प्राप्त गरेका शिवारेड्डीले एक दशकको अनुसन्धानबाट स्थापना गरेको कम्पनी हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सीईओ रेड्डीले ब्याट्रीको आयुलाई प्रभाव नपार्ने र कम ताप उत्पन्न गर्ने गरी सुपर फास्ट चार्जरको विकास गरिएको बताएका छन् । बढी तापका कारण लिथियम–ईयोन ब्याट्रीमा आगो लागी विस्फोट हुन सक्ने भएकाले यसले ब्याट्रीलाई सुरक्षित बनाउने उनले बताए ।  

यस्तै ब्याट्रीमा प्रयोग भएको एनोड्सले इलेक्ट्रोनको प्रवाहलाई तीव्र पार्ने उनले दाबी गरे । नियोबोल्टले सुरुवाति चरणमा ८ वटा ईभी कार निर्मातालाई मात्रै यो ब्याट्री बिक्री गरिने जनाएको छ । यो ब्याट्री आम रुपमा अमेरिकामा प्रयोग भईरहेको ८५ किलोवाट आवरको तुलनामा निकै सानो छ ।  

ईभीको ब्याट्री चार्जिङमा लामो समय लाग्ने मुख्य समस्याका रहेको बेला नियोबोल्टले विकास गरेको ब्याट्री ईभी क्षेत्रका लागि गेमचेन्जर सावित हुने विश्वास गरिएको छ । -एजेन्सी 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.