मंगलवार, जेष्ठ ५,२०८३ 03:47:27
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:47:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दृष्टि पुर्नस्थापित फाउन्डेसनको प्रयासलाई समर्थन गर्न नेपाल आईपुगे एलेक्जेन्डर, ४० हजार किमी यात्रा गर्ने लक्ष्य

Laxmi Sunrise Bank Limited
दृष्टि पुर्नस्थापित फाउन्डेसनको प्रयासलाई समर्थन गर्न नेपाल आईपुगे एलेक्जेन्डर, ४० हजार किमी यात्रा गर्ने लक्ष्य
Shivam Cement

काठमाण्डौ । अष्ट्रेलियन पदयात्री अलेक्ज्याण्डर क्याम्पबेलले दृष्टिविहिनहरुको दृष्टि पुर्नस्थापित गर्ने कार्यका लागि पदयात्रा गर्दै अहिले नेपाल आइपुगेका छन् । आज उनले तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नुका साथै प्रतिष्ठानका कार्यकारी डा.सन्दुक रुइतसँग भेट गरेका छन् । उनले पदयात्रा मार्फत सहयोग संकलन गर्दै हिडेंका छन् ।

एलेक्जेन्डर बताउँछन्, ‘आफुले संकलन गरेको रकमबाट कसरी उपचार भईरहेको छ भनी प्रत्यक्ष रुपमा हेर्नका लागि प्रतिष्ठानको भ्रमण गरेको हुँ । डा.रुइतले आफ्नो पदयात्राका लागि शुभकामना  दिनुभएकोमा खुशी प्रकट गर्दै उनले अस्पताल भ्रमण गरी आँखा उपचारको वष्तुगत अवस्थालाई नजिकबाट नियाल्न पाएको अनुभव साटेका छन् ।  पदयात्राबाट संकलन भएको रकम प्रतिष्ठानको साझेदारी संस्था फ्रेड हलोज फाउन्डेशनका लागि भएकाले यसबाट नेपालमा रहेका दृष्टिविहनिहरुलाई सहयोग पुग्ने अपेक्षा उनले राखेका छन् ।’

उनले फरक दृष्टिकोणका साथ पैदलै विश्व परिक्रमा गर्न चार वर्षको यात्रा तय गरिरहेका छन् । सन् २०२३ को फेब्रुअरी १२ मा सिड्नीस्थित ओपेरा हाउसबाट पाइला चालेका क्याम्पबेलले फ्रेड हलोज फाउन्डेसनका लागि रकम जुटाउने क्रममा ३० देशहरू र चार महाद्वीपहरूमार्फत ४० हजार किलोमिटर पदयात्रा  गर्ने तय गरेका हुन ।  

Bizshala
New Office
CG Motors

गत डेढ वर्षमा उनले अष्ट्रेलियाबाहेक इन्डोनेसीया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, बांग्लादेश, भारत हँदै हाल नेपालमा यात्रा गरिरहेकाछन् । अब एशिया, युरोप, उत्तर अमेरिका हँदै पुनः अष्ट्रेलिया पुग्ने उनको योजना छ । विश्वमा सबैभन्दा बढी दृष्टिविहीन व्यक्तिहरू रहेको एसिया पार गर्नु क्याम्पबेलको यात्राको अर्को रोचक पाटो हो । लामो दूरीको पदयात्रा गर्ने गरेका क्याम्बबेलले यस अघिपनि ८०० किलोमिटर कोलोराडो ट्रेल, १६०० किलोमिटर ग्रेट हिमालय ट्रेल र फ्लिन्डर्स रेन्जबाट सिड्नी सम्मको ३७५० किलोमिटरको पदयात्रा पूरा गरिसकेका छन् ।

यस पदयात्राको क्रममा फ्रेड हलोज फाउण्डेशनका लागि हालसम्म उनले बत्तिस हजार डलर संकलन गरिसकेका छन् । आफ्नो पदयात्रा मार्फत फाउण्डेशनलाई गरिने सहयोगबाट थुप्रै राष्ट्रका मानिहरुको दृष्टि पुनस्र्थापित गर्न सकिने भएकाले यो अभियान क्याम्पबेलले सुरु गरेका हुन । हाल विश्वमा ४३ करोड मानिस दृष्टिविहिन जीवन बाँचीरहेकोमा ९० प्रतिशतभन्दा बढी दृष्टिविहिन हुनबाट रोक्न वा उपचार गर्न सकिने रहेकाले यस किसिमको सचेतनात्मक कार्य गर्न जरुरी रहेको उनको अनुभव छ ।  

फाउन्डेसनका ब्रान्ड एण्ड कम्युनिकेसन निर्देशक एलिसन हिलले भनेको छन् ‘विश्वभरि ४० हजार किलोमिटर पदयात्रा गर्ने अलेक्जेन्डरको मिसन एक अविश्वसनीय यात्रा हो । ’  

अलेक्जेन्डरले नेपालमा रहेको फ्रेड हलोज फाउण्डेसनका नेपाली प्रतिनिधिहरुसँग पनि भेट गरेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.