सोमबार, असार २,२०८२ 02:20:08
  • सोमबार, असार २,२०८२ 02:20:08
Global IME Bank Limited

सेयर बिक्री बापतको रकम समयमै नपाएको लगानीकर्ताको गुनासो,ब्रोकर भन्छन्–‘यी कारणले ढिलो भयो ’

Hyundai Nepal
सेयर बिक्री बापतको रकम समयमै नपाएको लगानीकर्ताको गुनासो,ब्रोकर भन्छन्–‘यी कारणले ढिलो भयो ’
Nabil Bank Limited

काठमाण्डौ । राफसाफमा ढिलाई भएको गुनासो पछि सिडिएस एण्ड क्लियरिङले सेयर राफसाफको कारोबारमा टी–प्लस थ्रीलाई घटाएर टी–प्लस थ्री लागू गरेको छ । तर लगानीकर्ताले व्यवहारमा यसको कार्यान्वयनको महशुसता भने गर्न पाएका छैनन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताहरुले ब्रोकरहरुकै ढिला सुस्तीका कारण टी प्लस टुको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गर्न थालेका छन् । केहि दिनयता सामाजिक सञ्जालहरुमा आफुले बिक्री गरेको रकम ब्रोकहरले समयमै भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जाल तथा नियामक निकायहरुमा गुनासो व्यक्त भईरहेका छन् । कोरोना महामारीपश्चात अनलाइन कारोबारमार्फत हुने कारोबार वृद्धि भएको छ । अहिले धेरैजसो सेयर कारोबार अनलाइनमार्फ नै हुने गरेको छ ।  

यस्तोमा स्टक ब्रोकर एशोसियसन अफ नेपालले केहि विशेष कारणहरुले गर्दा विद्युतीय माध्यमबाट लगानीकर्ताहरुलाई सेयर बिक्रीबापतको रकम भुक्तानी गर्न कठिनाई भईरहेको जनाएको छ । स्टक ब्रोकर एशोसियसन अफ नेपालले एक विज्ञप्ती जारी गर्दै अनलाइन माध्यमबाट भुक्तानी गर्न प्रयत्न गर्दा समेत निम्न कारणहरुले गर्दा भुक्तानी हुन नसकेको जनाएको छः

१.माघ ३ र ४ गते ठूलो परिणाममा तथा धेरैपटक सेयर कारोबार भएको,  

२.माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भएतापनि माघ ४ गते बेलुकाबाट  टीएमएस मर्मतका लागि बन्द भएका कारण टीएमएसमा माघ ७ गतेमात्रै बिल जेनेरेट भएको  ,

३.तसर्थ माघ २, ३ र ४ गतेको कारोबारको भुक्तानी टीएमएसबाट माघ ७ गतेबाट मात्र भुक्तानी प्रक्रिया सुरु गर्न मिलेका कारण पेमेन्ट गेटवे मा अधिक चाप पर्न गएको ,

४.टीएमएस मर्मत भईसकेपश्चात सो प्रणालीमार्फत विद्युतीय माध्यमबाट भुक्तानी प्रक्रिया गरिएका कतिपय कारोबारहरु केहि दिनसम्म पनि प्रोसेसिङमा रहेको र ग्राहकको खातामा पैसा जम्मा नभएको ,

५.दैनिक रुपमा धेरै कारोबारहरु भुक्तानीको लागि प्रोसेसिङ गर्दा अधिकांश रकमहरु भुक्तानी भए तापनि कतिपय भुक्तानीहरु बैंक विवरण ठिक हुँदाहुँदै पनि इन्भ्यालिड भई पुनःप्रोसेसिङ गर्नु परेको ,

६.अन्य पेमेन्ट गेटवेमार्फत भुक्तानी गर्दा दैनिक सीमा लागू भएकाले सबै ग्राहकको भुक्तानी टीएमएस बाहेक अन्य माध्यमबाट मात्रै प्रोसेसिङ गर्न सम्भव नरहेको ,

माथि उल्लेखित कारणहरुले गर्दा लगानीकर्तालाई सेयर बिक्रीबापतको रकम विद्युतीय माध्यमबाट भुक्तानीमा ढिलाई भइरेहेको र यसको समाधानका लागि आगामी दिनमा सरोकारवाला पक्षहरुसँग छलफल गरी भुक्तानी प्रणालीलाई चुस्त बनाइने एशोसियसनले जनाएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.