बुधबार, असार १८,२०८२ 11:56:09
  • बुधबार, असार १८,२०८२ 11:56:09
Global IME Bank Limited

स्वरोजगार लघुवित्तको नाफामा २२.४१% को गिरावट,यस्तो छ अन्य सूचकको अवस्था

Hyundai Nepal
स्वरोजगार लघुवित्तको नाफामा २२.४१% को गिरावट,यस्तो छ अन्य सूचकको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २२.४१ प्रतिशतको गिरावट आएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिमा संस्थाको खुद नाफा ५ करोड ४ लाख रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाको खुद ब्याज आम्दानी पनि ७.११ प्रतिशतले घट्दै ४९ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाको कर्मचारी खर्च ४.११ प्रतिशतले घट्दै ११ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । अन्य सञ्चालन खर्च भने १४.१४ प्रतिशतले बढ्दै ५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाले ३ अर्ब ४६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने कर्जा ७ अर्ब ६० करोड कर्जा प्रवाह गरेको छ । संस्थाको रिजर्भको आकार ५.१२ प्रतिशतले बढ्दै १६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(वार्षिकीकरण) १२.४९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५२.७५ गुणा,प्रतिसेयर नेटवर्थ १४२.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०१.०५ रुपैयाँ र तरलता अनुपात ७.८९ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.