शुक्रबार, असार ६,२०८२ 03:29:27
  • शुक्रबार, असार ६,२०८२ 03:29:27
Global IME Bank Limited

अन्ततः ६ महिना पछि कृष्ण बहादुर अधिकारीको रुपमा निफ्राले पायो सीईओ

Hyundai Nepal
अन्ततः ६ महिना पछि कृष्ण बहादुर अधिकारीको रुपमा निफ्राले पायो सीईओ
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अन्ततः ६ महिनापछि सीईओ पाएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्ण बहादु्र अधिकारी नियुक्त भएका छन । साउन ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

बैठकले अधिकारीलाई भदौ २ गतेदेखि लागू हुनेगरी बैंकको सीईओ नियुक्त गरेको छ । अधिकारीले यसअघि पनि बैंकको सीईओको रुपमा काम गरेका थिए । निफ्राका यसअघिका सीईओ रामकृष्ण खतिवडा थिए । 

उनले २०८० माघमा पदबाट राजीनामा दिएपछि बैंकको सीईओ पद रिक्त रहेको थियो । खतिवडाले राजीना दिएपछि बैंकका नायब महाप्रबन्धक सूर्य बहादुर तामाङले काम सीईओको रपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

देशको पहिलो र एकमात्र पूर्वाधार बैंक निफ्राले सीईओ पदको पदपूर्तिका लागि दुईपटक दरखास्त आह्वान गरेको थियो । बैंकले पहिलोपटक चैतमा आवेदन माग गरेको थियो । त्यपछि पर्याप्त आवेदन नपरेको भन्दै बैंकले वैशाखमा पुनः दरखास्त आवेदन खुलाएको थियो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.