बुधबार, असार १८,२०८२ 04:06:00
  • बुधबार, असार १८,२०८२ 04:06:00
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

Hyundai Nepal
महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् ।  

माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । त्यसअघि पनि उनले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका थिए ।

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव छ ।  

बैंक परिवारको तर्फबाट दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गर्ने कार्यक्रम समेत गरिएको थियो ।  

सो कार्यक्रममा लम्सालले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन  आग्रह गरे  ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.