मंगलवार, जेष्ठ ५,२०८३ 11:36:20
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:36:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना

Laxmi Sunrise Bank Limited
नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना
Shivam Cement

काठमाण्डौ । ललिलतपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको छ । सिभिल इन्जिनियरिङ क्षेत्रका विशेषज्ञ, अनुसन्धानकर्ता र व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई आवश्यक सबै परीक्षण सेवाहरू उपलब्ध गराउन कलेजले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको हो ।  

यसले नेपालमा गुणस्तरीय परीक्षणको लागि एक नयाँ मापदण्डको स्थापन गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार भण्डारीले बताए । ‘यसले देशको प्राविधिक शिक्षामा नयाँ आयाम थपेको विश्वास हामीले गरेका छौं, उनले भने ।

Bizshala
New Office
CG Motors

यो प्रयोगशाला सिभिल इन्जिनियरिङका विभिन्न सामाग्रीहरूको परीक्षणको व्यावसायिक सेवा सुचारु गर्न सक्षम भएको कलेजको विश्वास छ । यो प्रयोगशालाले नेपाल गुणस्तर प्रमाणित (आइएसओ) प्राप्त गरेको छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त सेवाप्रदायक बनाएको कलेजले जनाएको छ ।

प्रयोगशालामा विश्वस्तरीय उपकरणहरू जडान गरिएको छ । यसले विभिन्न प्रकारका सामग्रीहरूको गुणस्तर परीक्षण, मापदण्डको परीक्षण र प्रमाणिकरण गर्ने कामलाई उच्च सटीकताका साथ सम्पन्न गर्न मद्दत पुर्याउने जनाइएका छ । यो प्रयोगशाला कलेजका विद्यार्थीहरू, विशेषगरी अनुसन्धान गर्न चाहने विद्यार्थीहरूको लागि पनि उपलब्ध गराएको जनाएको छ ।

विद्यार्थीहरूले यहाँ उपलब्ध स्रोतसाधनको उपयोग गरेर आफ्नो अनुसन्धान कार्यलाई अझ सशक्त र मापदण्डअनुसारको बनाउन सक्नेछन् । यसले विद्यार्थीहरूको शैक्षिक स्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास कलेजले लिएको छ । यसका साथै, कलेजले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर प्रयोगशालालाई व्यावसायिक सेवाको केन्द्र बनाउँदै आएको जनाएको छ । प्रयोगशालाले देशभरिका निर्माण तथा विकास परियोजनाहरूमा आवश्यक पर्ने सामग्रीहरूको गुणस्तर परीक्षण गरिरहेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X