सोमबार, जेष्ठ ४,२०८३ 04:18:39
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:18:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जाम्बियाका राजदूतको ४ दिने नेपाल भ्रमण, खनिज र पर्यटनमा लगानी प्रस्ताव

Laxmi Sunrise Bank Limited
जाम्बियाका राजदूतको ४ दिने नेपाल भ्रमण, खनिज र पर्यटनमा लगानी प्रस्ताव
Shivam Cement

काठमाण्डौ । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ। नेपालको चार दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन्।

उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानी जन्य क्षेत्रमा प्राविधि तथा आर्थिक रुपमा लगानी गर्ने प्रस्ताव राखेका थिए।

यसैगरी उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको भन्दै सहजिकरण गरिदिन आग्रह गरेका थिए।  

Bizshala
New Office
CG Motors

साथै, आफुहरुको लागि नेपाल लगानीको लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न आफुहरु तयार रहेको बताएका थिए।

नेपालको ४ दिन भ्रमणमा रहेका प्याट्सले निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बटढ्न आग्रह गरेका थिए।साथै,उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यवसायीक समझदारीपत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए।जाम्बियाको लगानीकर्ताहरु नेपालमा लगानी गर्न तयार रहेको भन्दै सोही अनुरुप दुबै संस्थाबीच समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सोका लागि आफुले सहजकर्ताको रुपमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

Garima Development Bank
Shivam Cement
IME remit

जाम्बियाको नेपालको लागि गैर आवासीय राजदूत प्याट्सको ४ दिने भ्रमणले नेपालमा जाम्बियाको नेपाली भित्र्याउन मार्ग प्रसस्त गरेको नेपालको लागि जाम्बियाका वाणिज्यदूत देशबन्धु बस्नेत (अजित)ले बताए। ‘नेपालको ४ दिने भ्रमणमा आएका राजदूत प्याट्ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र र उद्योगमन्त्रीसँग पनि लगानीको विषयमा छलफल गरेको बस्नेतले भने ।  ‘साथै, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेटगरी जाम्बिया र नेपाली उद्योगी व्यवसायीबीच सहकार्य गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।  

नेपालको ४ दिने भ्रमणमा रहेका राजदूत प्याट्ले नेपाल र जाम्बियाको भौगोलिक बनावट समेत एउटै रहेको र नेपालमा खानी उत्खन र पर्यटनको उच्च सम्भावना रहेको भन्दै सो विषयमा जाम्बिया सरकार तत्काल सहकार्य गर्न तयार रहेको बताएका थिए।साथै, जाम्बियाको वार्षिक ६० हजार करोडबराबरको खानी उत्खनन हुने गरेको र उक्त प्राविधिक सहायतामा नेपालमा पनि ठूलो मात्रामा खानी उत्खनन गर्न सकिने उनले जानकारी दिएका थिए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.