आईतवार, जेष्ठ ३,२०८३ 05:32:27
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:32:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लाभांशको अजेण्डा पारित गर्न सानिमा रिलायन्स लाईफले डाक्यो एजीएम

Laxmi Sunrise Bank Limited
लाभांशको अजेण्डा पारित गर्न सानिमा रिलायन्स लाईफले डाक्यो एजीएम
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ७ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २३ गते बुधबारका दिन साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै सानिमा लाईफ र रिलायन्स लाइफ एक आपसमा गाभिई एकिकृत कारोबार भएको मिति २०७९ चैत ९ गतेदेखि २०८१ असोज १० सम्म यस कम्पनीको सेयर नियमानुसार खरिद बिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका सेयरधनीहरुले नियमानुसार प्राप्त गर्ने बोनस सेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभाशं कर रकम दाखिला भएपछि सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर दाखिला गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

सभामा बोनस सेयर वितरण पश्चात हुने सेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार र पुर्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने, सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने, आव २०७९/०८० मा साबिक रिलायन्स लाइफ इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।  

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्ने, साबिक रिलायन्स लाइफ इन्स्योरेन्सको आव २०७९/८० को २०७९ चैत ८ गतेसम्मको लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण  पारित गर्ने र सानिमा रिलायन्स लाईफ को आव २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीको अनुमोदन समेत गरिनेछ ।  

साधारण सभा एवम् बोनस सेयर प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वा्रा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.