शनिबार, जेष्ठ २,२०८३ 01:35:38
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:35:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वार्षिक औषत १७.५% लाभांश दिएको ग्लोबल आइएमई लघुवित्तको आगामी यात्रा कस्तो ?

Laxmi Sunrise Bank Limited
वार्षिक औषत १७.५% लाभांश दिएको ग्लोबल आइएमई लघुवित्तको आगामी यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५० वटा लघुवित्त सूचीकृत छन् । तीमध्ये ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लगानीकर्ताको रोजाइमा परेको एउटा लघुवित्त हो ।  

ग्लोबल आईएमई लघुवित्तका देशभर ५१ जिल्लामा १०२ शाखा छन् । यसको मुख्य कार्यालय पोखरामा रहेको छ ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रहेको छ । कम्पनीको जगेडा कोषको आकार ५१ करोड ५१ लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल पूँजी १ अर्ब १३ करोड रहेको छ । चौथो त्रैमासिक प्रतिवेदन अनुुसार कम्पनीको खुद मूनाफा १४ करोड १६ लाख रपैंया रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२.८९ रुपैंया रहेको छ भने बुक भ्यालु १८३.२४ रुपैयाँ, रिर्टन अन इक्विटी १२.४९ प्रतिशत र खराब कर्जा ३.९ प्रतिशत रहेको  छ ।  

Bizshala
New Office
CG Motors

प्राविधिक पक्षः  

फिवानासी रिट्रेसमेन्ट  

फिवोनासी रिट्रेस्मेन्ट एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ ।  ती गोल्डेन अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८, ०.७८ र १०० प्रतिशत हुन् ।  

जसअन्तर्गत यो कम्पनीको सेयर भाउ ०.३८ प्रतिशतको टेवा १४०० सम्म, ०.५ प्रतिशतको टेवा १३०० सम्म, ०.६१ प्रतिशतको टेवा ११०० सम्म आउन सक्छ ।  

माथि मूख्य तस्बिरमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा यस कम्पनीको सेयर हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । अर्थात कम्पनीको सेयरमा लगानीकर्ताहरुको सामान्य आकर्षण रहेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य १७०५ रुपैया रहेको छ भने न्यून मूल्य ७५३ रुपैयाँ रहेको छ । कम्पनीको संस्थापक समूहतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यस कम्पनीको सेयर भाउ हाल तल्लो ब्याण्डसँगै हिडेको देखिन्छ । कम्पनीको सेयर मूल्य हाल वियरिस तर्फ लागेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको वियारिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ । आरएसआई ओभर सोल्ट जोन ३० को तहमा आएको छ । समग्रमा तीनवटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ करिब करिब वटमको विन्दुमा आएको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १४२६

प्रतिरोध २ – १३३८

प्रतिरोध १–  १३११

पिभट प्वइन्टः १२७३

घटेमा सपोर्ट  

सपोर्ट १– १४२६

सपोर्ट २– १३३८

सपोर्ट  ३ –१२७३

निष्कर्षः आधारभूत रुपमा या कम्पनी ठीकै देखिन्छ । कम्पनीको पूँजीको करिब ८४ प्रतिशत जगेडा रहेको छ । कम्पनीको बुक भ्यालु सामान्य घटेता पनि प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी बढेको छ । प्राविधिक रुपमा भने यो कम्पनीको सेयर भाउमा पनि बजार घट्दा बिक्री दबाब देखिएको छ । कम्पनीको ९ वर्षको औषत लाभांश दर १७.५ प्रतिशत रहेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.