बुधबार, असार १७,२०८३ 11:42:14
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:42:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इमर्जिङ एशिया बैंकिङ अवार्डस्ः बेष्ट बैंक नेपालसहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले

Laxmi Sunrise Bank Limited
इमर्जिङ एशिया बैंकिङ अवार्डस्ः बेष्ट बैंक नेपालसहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले

 काठमाण्डौ । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।  

इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ । 

New Office
CG Motors
Garima Development Bank

अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।  

इण्डियन चेम्बर अफ कर्मसले गत वर्षदेखि नै यो अवार्ड वितरण गर्न शुरु गरेको हो ।  

अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसाथ गर्दै र पारदर्शी बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको बैंकले दाबी गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.