शनिबार, जेष्ठ २,२०८३ 06:11:25
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:11:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

५० दिने मूभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कस्तो रहला आगामी साता ?

Laxmi Sunrise Bank Limited
५० दिने मूभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कस्तो रहला आगामी साता ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन कारोबार  भयो  । ३ दिनको कारोबारमा बजार ३ दिननै  बढ्यो । यो साता दशैं पर्वको कारण बजार तीनदिन मात्रै खुलेको थियो ।  अघिल्लो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भएको बजार यो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजार ७६.८३ अंकले बढेर बन्द भएको छ । अघिल्लो साता दोस्रो बजारमा ७०.६८ अंकले बढेर बजार बन्द भएको थियो ।  

यो साताको ३ दिनको कारोबारमा १५ अर्ब ९१ करोडबराबरको कारोबार भयो  । अघिल्लो साता बजारमा २१ अर्ब ५८ करोडबराबरको कारोबार भएको थियो । यो साता  दैनिक औषत कारोबार  ५ अर्ब ३० करोड रुपैयाँबराबर भएको छ । यस्तो कारोबार अघिल्लो साता ५ अर्ब २९ करोड रुपैयाँबराबर भएको थियो ।  

यस हिसाबले यो साता बजार बढ्दा कारोबार सामान्य बढेको छ । यो साता बजार पूँजीकरण ४३ खर्ब ६५ अर्बबराबर भएको छ । अघिल्लो साता बजार पूँजीकरण ४२ खर्ब ४२ अर्बबराबर भएको थियो । यस हिसाबले यो साता नेप्से घट्दा बजार पूँजीकरण १ खर्ब २३ अर्बले बढेको छ । यो सातापनि नेप्से बढ्दा बजार पू्ँजीकरण र औषत कारोबार दुबै बढ्यो ।

Bizshala
New Office
CG Motors

प्राविधिक पक्षः

मूभिङ एभरेजको आधारमा

मुभिङ एभरेजमार्फत विभिन्न सेयरको मूल्य तथा सूचकको समूहलाई मुभ हुँदै एभरेज निकालिने भएकोले दोस्रो एभरेजका लागि सुरुको अंक छोडेर त्यसपछि ५ वटा अंक लिएर पुनःऔषत निकाल्ने गरिन्छ ।  यो प्रक्रिया निरन्तर रुपमा पुनःलिँदै जाने हो । विशेषगरी यो विधि ५ दिने तथा २० र ५० दिने तथा २०० दिनको तथ्याँकलाई आधार मानेर निकालिन्छ ।  

बजारमा छोटो समयको उतारचढाव हेर्न छोटै समयको तथ्यांक लिइन्छ भने लामो समयको उतारचढाव हेर्न लामो समयको तथ्यांक प्रयोग गरिन्छ । मुभिङ एभरेज, दोस्रो बजारमा टेवा र अवरोध पत्ता लगाउन पनि प्रयोग गरिन्छ ।  

बजारलाई ५० दिने मूभिङ एभरेजबाट नियाल्दा बजार यो साता यो रेखाबाट माथि लागेको छ । यसअघि पनि बजारले यो विन्दुबाट माथि लागेपछि अप ट्रेन्ड लिएको थियो । (हेर्नुहोस् माथि मुख्य तस्बिर )

Garima Development Bank
Shivam Cement
IME remit

सूपर ट्रेन्डको आधारमा

यो साताको कारोबारले सुपर ट्रेन्डमा बुलिस क्रसओभर बनाएको छ । सुपर ट्रेन्डमा यदि मूल्य रेखाले ट्रेन्ड लाईनलाई तलबाट काट्छ भने त्यसलाई बुलिस क्रसओभर र माथिबाट काटेको खण्डमा वियरिस क्रसओभर भनेर बुझिन्छ । बुलिस क्रसओभर बन्दा ट्रेन्ड लाईन हरियो र वियरिस क्रसओभर बन्दा ट्रेन्ड लाईन रातो बनेको हुन्छ । यो साता यस्तो ट्रेन्ड लाईन हरियो बनेको छ ।

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८४६

प्रतिरोध २ – २७७६

प्रतिरोध १–  २७२२

पिभट प्वइन्टः २६५२

घटेमा सपोर्ट  

सपोर्ट १– २५९८

सपोर्ट २– २५२८

सपोर्ट  ३ –२४७१

निष्कर्षः यो सातासम्म बजारमा लगातार तीन साता बढोत्तरी आयो । यो साता जम्मा तीन दिन सेयर कारोबर भयो भने तीन नै दिन बजारमा बढोत्तरी आयो । यो साता पनि बजार बढ्दा दैनिक औषत कारोबार ५ अर्ब ३० करोड रुपैयाँबराबर कारोबार भयो । दशैंपछि खुलेको बजारमा सकरात्मक माहोल नै रह्यो । प्राविधिक रुपमा पनि यो साता ५० दिने मूभिङ एभरेजबाट बजारले माथिको यात्रा तय गरेको छ । यस हिसाबले आगामी दिनमा पनि बजारले केही तलमाथि गर्दै अप ट्रेन्ड नै लिन सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.