सोमबार, जेष्ठ ४,२०८३ 09:08:39
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:08:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गरिन्छः प्रधानमन्त्री

Laxmi Sunrise Bank Limited
जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गरिन्छः प्रधानमन्त्री
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने बताएका छन् । प्रधानमनत्री ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानुनी कारवाही अघि बढाउछौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने छौं । आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु–सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारवाहीको दायरामा ल्याएको छ ’ प्रधानमन्त्रीले भने ।  

Bizshala
New Office
CG Motors

यस्तै ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारवाही सुरु भएको र हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको , ५ सय ७५ भन्दा बढी त जेलमै रहेको बताए । ‘सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने

काम पनि सँगसँगै अघि बढाइँदै छ’ उनले भने ,भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ् गरेर देखाउने विषय बन्नु हुँदैन । यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ । भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ ।’

Garima Development Bank
Shivam Cement
IME remit

भ्रष्टाचारी समातियो भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने सरकारको े प्राथमिकता रहेको उनले भने । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.