शनिबार, जेष्ठ २,२०८३ 03:36:33
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 03:36:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोः पोखराका लगानीकर्ता भन्छन्, ‘लो क्याप भएका जलविद्युत कम्पनीले बनाए मालामाल’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोः पोखराका लगानीकर्ता भन्छन्, ‘लो क्याप भएका जलविद्युत कम्पनीले बनाए मालामाल’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यो साता पनि हामीले पोखराका विभिन्न ब्रोकरहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज हामीले पोखराका केही सेयर कारोबारी बैंकर तथा र अन्य व्यापारीहरुसँग सेयर बजारको विषयमा बुझेका छौं । आज पोखराको ब्रोकर हाउसहरुमा चाडपर्व तथा बजारमा उत्साह नभएको कारण खासै लगानीकर्ताहरु भेटिदैनथे ।  

आज हामी सबै भन्दा पहिले त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८ )मा पुग्यौं । यहाँ लगानीकर्ताको खासै उपस्थिति थिएन । हामीेले केही समय ब्रोकर सञ्चालकसँग भलाकुसारी गर्यौं । यस ब्रोकरका सञ्चालकले अहिलेको राजनीतिक कारणले नै लगानीकर्ताहरुले ढुक्क भएर लगानी गर्न नसकेको तर्क गरे । लगानीकर्ताहरुमा विश्वास नै नभएको कारण बजारले गति लिन नसकेको उनको बिचार थियो । यद्यपी तिहार पछि बजारले गति लिनेमा उनी केही आशावादी देखिए ।  

Bizshala
New Office
CG Motors

केही समयपछि हामी न्यूरोडमा नै रहेको प्रिमयर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । पोखरामा मध्यान्ह गर्मीले सडक तात्दै थियो भने सेयर बजारमा पनि गिरावट जारी थियो । यस ब्रोकरमा भने मुस्किलले २ जना लगानीकर्ता भेटिए । एक जना लगानीकर्ताले आफू नयाँ लगानीकर्ता रहेको र आईपीओ बेच्न आएको प्रतिक्रिया दिए । तर अहिले बजार घटेको कारण ब्रोकरले नबेच भनेपछि बजार हेरेर बसेको उनले प्रतिक्रिया दिए । उमेरले ७० बर्ष पुगेका, कपाल फुलेर सेतै भएका उनीसँगै बसेका अर्का एक लगानीकर्ता पनि यस ब्रोकर हाउसमा भेटिए । ती लगानीकर्ताले भने अहिले बजार घट्नुमा आन्दोलन नै मूख्यकारण रहेको तर्क गरे ।  

उनले पोखराबाट आन्दोलन काठमाण्डौ तथा चितवन सदै–सर्दै गएको बताए । ‘राजनीतिक विषयमा प्रष्ट नभसम्म सेयर बजार बढ्दैन । अहिले किनेर पर्खन सक्नेलाई त ठीकै होला तर कारोबारीलाई भने कठिन नै छ, उनले भने । उनले यसो भन्दे गर्दा बजार निरन्तर घटिरहेको थियो । ब्रोकर हाउसमा फोनका घण्टीहरु बज्दै थिए । हामी यहाँबाट न्यूरोडमा नै रहेको सनी  सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो । 

Garima Development Bank
Shivam Cement
IME remit

यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आफूहरु ग्रुपमा लो क्याप भएका जलविद्युत कम्पनीमा खेल्ने गरेको बताए । उनले बजार घटबढ स्वाभाविक रहेको भन्दै भने, ‘हामीले त लो क्याप भएका जलविद्युत कम्पनीहरु जस्तै, मकर जीतूमाया , सानिमा मिडिल तमोर ,अपर लोहरे खोलो, साहस उर्जा जस्ता कम्पनीका सेयर किनबेच गरेर राम्रै आम्दानी गरिरहेका छौं । आफूलाई प्राविधिक पक्षको समेत ज्ञान रहेको तर्क गर्ने ति लगानीकर्ताले पनि बजार २६ सय विन्दुबाट धेरै तल नजाने तर्क गरे । उनले भने, ‘बजारमा नेप्से केही तल जान सक्छ भन्ने पनि सुनिन्छ । तर मलाई बजार धेरै तल जान्छ जस्तो लाग्दैन ।’  

यसबेलासम्म दिनको २ बजिसकेको थियो । बजार दिनभर घटेर सम्हालिने प्रयास गर्दै थियो । हामी भने अर्को एक ब्रोकर हाउस, इन्भेष्टमेन्ट म्यानेजमेन्ट (स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौ. । यस ब्रोकरमा पेशाले बैंकर लगानीकर्ता भेटिए । उनले बैंकमा खासै कर्जाको माग बढ्न नसको तर्क गरे । ‘पुराना व्यापारीलाई बैंकले कर्जा दिएको छैन, नयाँ मान्छे नयाँ व्यापार लिएर आएकै छैन । जसका कारण कर्जाको माग बढ्नै सकेको छैन । अन्य व्यापार सुस्त हुँदा र कर्जाको माग पनि सुस्त हुँदा सेयर बजारले पनि सोचे जसरी गति लिन सकेको छैन’ उनले भने ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.