सोमबार, जेष्ठ ४,२०८३ 05:38:48
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:38:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)

Laxmi Sunrise Bank Limited
घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)
Shivam Cement

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीहरुले १८ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएका हुन् ।

आर्थिक वर्षको तुलनामा फाइनान्स कम्पनीहरुले नाफामा सुधार गर्न सफल भएका छन् । गत आ.व.को पहिलो त्रैमासमा समग्रमा फाइनान्स कम्पनीहरु ५ करोड ६१ लाख रुपैयाँ घाटामा थिए । गत वर्ष ८ वटा कम्पनी घाटामा रहेकोमा यस वर्ष भने ६ वटा कम्पनीले मात्रै घाटा व्यहोरेका छन् ।  

गत वर्ष घाटामा रहेका कम्पनीहरु प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स र रिलायन्स फाइनान्स चालु आवमा नाफामा उक्लिएसँगै समग्र वित्त कम्पनीहरुको मुनाफामा सुधार देखिएको हो ।  

नाफामा सुधार देखिएसँगै अधिकांश वित्त कम्पनीहरुको प्रतिसेयर आम्दानी (इपीएस)सूचक समेत सुधारिएको छ । ५ वटा कम्पनीको इपीएस गत वर्षको तुलनामा उल्लेख्य बढेको छ भने गत वर्ष इपीएस ऋणात्मक अवस्थामा रहेका तीन संस्थाको इपीएस चालु आवमा भने धनात्मक हुन पुगेको छ । 

Bizshala
New Office
CG Motors

मुनाफा कुनको कति ?  

चालु आवको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीले १८ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । समिक्षा अवधिसम्ममा ९ वटा फाइनान्स कम्पनी नाफामा उक्लिएका छन् भने ६ वटा कम्पनी घाटामा देखिएका छन् ।  

पहिलो त्रैमाससम्म सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स रहेको छ । कम्पनीले ९ करोड ३८ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा धेरै नाफा कमाउने वित्त संस्था बनेको छ । संस्थाको नाफा गत आवको तुलनामा १३.४३ प्रतिशत बढेको छ । गत वर्ष कम्पनीले ८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, दोस्रोमा प्रोग्रेसिभ फाइनान्सले ८ करोड ९ लाख रुपैयाँ, जानकीले ६ करोड ९० लाख, आइसीएफसीले ६ करोड ८८ लाख, गुडविलले ४ करोड ९५ लाख, सेन्ट्रलले ४ करोड ९५ लाख, गोर्खाजले २ करोड ४२ लाख, मल्टीपर्पसले १ करोड ४७ लाख र श्री इन्भेष्टमेन्ट फाइनान्सले जम्मा ४१ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

सबैभन्दा धेरै घाटा व्यहोर्नेमा गुहेश्वरी मर्चेन्ट बैंक रहेको छ । कम्पनीले सो अवधिसम्म ११ करोड ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा धेरै नाफा बढाउनेमा भने जानकी अग्रस्थानमा रहेको छ । गत वर्ष ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले यस वर्ष १५७३८.३० प्रतिशतले नाफा बढाएर ६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

ईपीएस कुनको कति ?  

पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै इपीएस जानकी फाइनान्सको छ । फाइनान्सले ३९.४० रुपैयाँले इपीएस बढाएर समिक्षा अवधिसम्ममा ४० रुपैयाँ पुर्याएको छ । गत आवको पहिलो त्रैमाससम्ममा जानकीको इपीएस जम्मा ०.६० रुपैयाँ थियो ।  

त्यस्तै, प्रोग्रेसिभको ३८.१७ रुपैयाँ रहेको छ । गत वर्ष सो कम्पनीको इपीएस २८.८६ रुपैयाँ ऋणात्मक अवस्थामा थियो । यता मञ्जुश्रीले पनि ३.३९ रुपैयाँले इपीएस बढाएर २७.८९ रुपैयाँ पुर्याएको छ ।  

यसका साथै आइसीएफसीको इपीएस २३.२५ रुपैयाँ, गुडविलको २०.९३ रुपैयाँ, सेन्ट्रलको २०.८७ रुपैयाँ, गोर्खाजको ११.१९ रुपैयाँ, मल्टीपर्पसको ९.६९ रुपैयाँ र श्री इन्भेष्टमेन्ट फाइनान्सको १.६९ रुपैयाँ छ ।  

समिक्षा अवधिसम्म ६ वटा फाइनान्सको इपीएस भने ऋणात्मक छ । सबैभन्दा धेरै रिलायन्स फाइनान्सको २०.५३ रुपैयाँ ऋणात्मक छ । त्यस्तै, पोखराको १८.११ रुपैयाँ, समृद्धि फाइनान्सको ८.८९ रुपैयाँ गुहेश्वरी मर्चेन्टको ८.७५ रुपैयाँ, बेष्टको ३.८८ रुपैयाँ र नेपाल फाइनान्सको ३.२९ रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

एनपीएल कुनको बढ्यो/घट्यो ?  

पहिलो त्रैमाससम्म आइपुग्दा तीनवटा फाइनान्स कम्पनीले गत आवको तुलनामा खराब कर्जा अनुपात (एनपीएल) घटाएका छन् भने बाँकी सबैको एनपीएल बढेको छ ।

१५ वित्त कम्पनीमध्ये ८ वटाको एनपीएल ५ प्रतिशत भन्दा माथि छ भने ७ वटाको त्यो भन्दा कम छ । बैंक तथा वित्तीय संस्थाहरुको एनपीएलको अवस्था ५ प्रतिशतभन्दा बढी हुनु राम्रो मानिदैन । ५ प्रतिशतभन्दा माथि एनपीएल हुनुले संस्थामा खराब कर्जाको अनुपात बढ्दै गएको बुझ्न सकिन्छ ।  

पहिलो त्रैमासमा सबैभन्दा कम एनपीएल मञ्जुश्री फाइनान्सकै रहेको छ । कम्पनीको एनपीएल ३.१२ प्रतिशत कायम रहेको छ । तर गत आवको तुलनामा संस्थाको एनपीएल ०.२७ विन्दुले बृद्धि भएको छ ।  

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.१९ प्रतिशत, गोर्खाज फाइनान्सको ३.२१ प्रतिशत, आइसीएफसीको ३.६६ प्रतिशत, बेष्टको ३.९८ प्रतितश, गुडविलको ४.९१ प्रतिशत, मल्टीपर्पसको ४.९७ प्रतिशत , प्रोग्रेसिभको ७.४७ प्रतिशत, रिलायन्सको ८.५८ प्रतिशत, सेन्ट्रलको ८.७१ प्रतिशत, नेपालको १०.३६ प्रतिशत, गुहेश्वरीको मर्चेन्टको १३.५६ प्रतिशत, पोखराको १४.४४ प्रतिशत, समृद्धि फाइनान्सको २३.४७ प्रतिशत र सबैभन्दा धेरै जानकी फाइनान्सको ३४.६४ प्रतिशत रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.