शनिबार, जेष्ठ २,२०८३ 09:38:54
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:38:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्ता २७८४ विन्दुको प्रतिरोध कुर्दै, भन्छन ‘यहाँबाट माथि लागे नेप्सेमा फेरि बुल ’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ता २७८४ विन्दुको प्रतिरोध कुर्दै, भन्छन ‘यहाँबाट माथि लागे नेप्सेमा फेरि बुल ’
Shivam Cement

काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी नक्साल र कमलादी आसपासका ब्रोकरहाउस पुगेका थियौ । साताको पहिलो कारोबार भएको कारण होला ब्रोकरहाउसमा लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो ।  

आज हामीले नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) बाट ग्राउण्ड जिरोको सुरुवात गरेका थियौ । आज कारोबारको पहिलो प्रहरमा साढे ११ बजे बजार करिब २९ अंकले बढेको थियो भने कारोबार पनि राम्रै बढेको थियो ।  

आज बजार बढेता पनि फाइनान्स कम्पनी भने बढेका थिएनन् । यसै विषयलाई जोड्दै एक लगानीकर्ताले भने आफूसँग फाइनान्स कम्पनी मात्रै भएको तर फाइनान्स कम्पनी कै सेयरमूल्य भने बढ्न नसकेको गुनासो गर्दै थिए । उनलाई साथ दिँदै अर्का एक लगानीकर्ताले यस विषयमा आफूलाई राम्रो जानकारी नभएको बताए । अन्त्यमा उनले फाइनान्स कम्पनी एक हजार भन्दा माथि नकिन्दा नै राम्रो होला भन्ने सुझाव पनि दिएको सुनियो । ‘खेलाडी निस्के र  बजार वियरिसमा गयो भने त अवस्था निकै खराब हुन्छ,’उनले भने ।  

Bizshala
New Office
CG Motors

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अघिल्लो बुलमा ४३५ मा किनेको प्रभु बैंक १३५ मा आएको तितो अनुभव साटे । ‘यो बजार भनेको  यस्तै नै हो,’ उनले भने । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले टेक्निकल चार्ट हेर्दै भने, ‘बजारमा एउटा लोअर लो भयो । अब अर्को लोअर लो बन्यो भने त बजार माथि जाँदैन । ती लगानीकर्ताले भने बजार बढे फाइनान्स कम्पनी बढेनन् । बजार घट्यो भने फाइनान्स कम्पनी बढ्छन् ।’ ब्रोकर हाउसम यस्तै गफ गाफ चल्दै थिए । यहाँबाट हामी नबिल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ७७) मा पुग्यौं ।  

यहाँ पनि लगानीकर्ताहरुको उपस्थित सामान्य नै थियो । लगानीकर्ताहरु बजारको अवस्था नियाल्नमा मस्त देखिन्थे । बजारमा भने विस्तारै बिक्री दबाब आउँदा सूचक सामान्य अंकले मात्रै सकारात्मक थियो ।  

यतिकैमा एक लगानीकर्ताले भनेको सुनियो, ‘बजारले यो २ हजार ७८० को प्रतिरोध काट्नै सकेन । यहाँबाट माथि जाला र बजार पसौंला भनेको बजार माथि नै लाग्दैन ।’ उनीलाई जबाफ दिँदै एक लगानीकर्ताले भने, ‘सबैले त्यही भने पछि बजार कसरी बढ्छ त ? यस्तै बेला किन्ने त हो नि साथि !’  

Garima Development Bank
Shivam Cement
IME remit

यहाँबाट हामी कमलादिमा नै रहेको काहिनुर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यस बेलासम्म भित्ताको घडिमा  दिनको १ बजिसकेको थियो । यस ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । बजार समान्य अंकले बढ्दा   कारोबार साढे ७ अर्बबराबर भएको थियो । बजार के हुन्छ भन्नेमा यहाँ पनि लगानीकर्ताहरुमा अन्यौलता कायम नै थियो । यहाँबाट हामी ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो ।  

यसबेलासम्म दिनको २ बजिसकेको थियो । यस ब्रोकरमा पनि लगानीकर्ता २ हजार ७८४ कै विन्दु कुरेर बसेको पाइयो । ‘यो विन्दुभन्दा माथि लागेमा त आज धेरै कम्पनीमा सर्किट लाग्छ । आज कारोबार त राम्रै भएको छ,’ एक लगानीकर्ताले भने ‘यहाँबाट माथि लागे पछि बजारले राम्रै गति लिन्छ ।’

यसै ब्रोकरमा भेटिएका भक्तपुरमा तरकारी व्यवसाय गर्ने एक लगानीकर्ताले सेयर बजारमा मात्रै भर नपरेर अन्य व्यापार व्यवसायमा लाग्नु पर्नेमा जोड दिए । ‘यसैमा मात्रै भर परे होल्डिङ गर्ने क्षमता कम हुन्छ । ब्रोकरको दबाबमा सेयर बेच्नु पर्छ । त्यसैले अर्को साइड व्यापार भए सेयर बजारलाई राम्रै हुन्छ,’ उनले भने । यसै ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले भने, ‘बजारमा सकारात्मक नै सकारात्मक विषय छन् । ब्याजदर घटेको छ । बंगलादेशमा विद्युत निर्यात भएको छ । चाडपर्व पनि सकिएका छन् । अब त अवश्य बजारले.गति लिन्छ ।’  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.