सोमबार, जेष्ठ ४,२०८३ 09:10:22
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:10:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

छ्‌याङदी हाइड्रोपावरले एकैपटक दुई आवको साधारण सभा आयोजना गर्ने

Laxmi Sunrise Bank Limited
छ्‌याङदी हाइड्रोपावरले एकैपटक दुई आवको साधारण सभा आयोजना गर्ने
Shivam Cement

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरले दुई आवको साधारण सभा एकैपटक आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं वार्षिक साधारण सभा आगामी पुस ५ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ९ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा कम्पनीले आव २०७९/८० तथा २०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको सीमाभन्दा बढी खर्चलाई अनुमोदन गर्ने र प्रबन्ध पत्र तथा नियमावलीमा दफा नियम थप, संशोधन लगायतका विषयहरु नियामक निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन, फेरबदल एवं थपघट लगायतका कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न सञ्चालक समितिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/८० तथा २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९/८० र आव २०८०/८१ को बार्षिक आर्थिक विवरण तथा आव २०७९/८० र २०८०/८१ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरुमाथि छलफल गरि पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.