सोमबार, मंसिर १५,२०८२ 07:33:06
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 07:33:06
Bizshala
Global IME Bank Limited

एनसेलले एनपीएलका प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामाग्री दिने

Hyundai Nepal
एनसेलले एनपीएलका प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामाग्री दिने
Shivam Cement

काठमाण्डौ । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्नेछ ।

यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पु¥याउने कम्पनीले जनाएको छ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ ।

CG Motors
Garima Development Bank
IME remit

‘क्रिकेट एक यस्तो खेलहो, जसले एकतावद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामीक्रिकेटप्रतिको चाख र यसको शक्तिप्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रकाविद्यार्थीहरूको जीवनमा सकारात्मकप्रभावपार्न चाहन्छौं । शिक्षादिगो विकासको मुख्यआधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षमबनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यी शैक्षिक सामाग्रीहरूको वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिनेछ । जसले सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुग्ने सुनिश्चितता गर्नेछ ।

क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारी अन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपालप्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.