आईतवार, असार १,२०८२ 11:14:13
  • आईतवार, असार १,२०८२ 11:14:13
Global IME Bank Limited

महिन्द्रा र इन्डिगोबीच टकराब, ईभी कार ‘सिक्सई’को नामलाई लिएर अदालतमा मुद्दा दायर

Hyundai Nepal
महिन्द्रा र इन्डिगोबीच टकराब, ईभी कार ‘सिक्सई’को नामलाई लिएर अदालतमा मुद्दा दायर
Nabil Bank Limited

काठमाण्डौ । भारतको प्रमुख अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले हालैमात्रै घरेलु बजारमा आफ्नो नयाँ ईभी यसयुभी‘महिन्द्रा बीई सिक्सई’ लञ्च गरेको थियो । विशेष लुक्स र डिजाइनका अलावा एयरक्राफ्ट शैलीको क्याबिनका कारण यो यसयुभीले धेरै नै चर्चा बटुलिरहेको छ ।  

तर यसैबीच कारको नाममा प्रयोग भएको ‘सिक्सई’ब्राण्डिङलाई लिएर यसतेबला भारतको प्रमुख हवाई कम्पनी इन्डिगो कम्पनीविरुद्ध उत्रिएको छ । ईन्डिगोले ब्राण्डिङको विषयलाई लिएर महिन्द्रा एण्ड महिन्द्राविरुद्ध अदालतको ढोका ढकढकाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इन्डिगोले यस विषयमा दिल्लीको उच्च अदालतमा ट्रेडमार्क उल्लङ्घनको मुद्दा दायर गरेको छ । गत मंगलबार मुद्दा दायर भएकोमा यो विषयको सुनुवाई ९ सेप्टेम्बरका लागि स्थगित भएको थियो ।  

उता महिन्द्रा एण्ड महिन्द्राले स्टक एक्सचेञ्जलाई दिएको स्पष्टीकरणमा कम्पनीको ट्रेडमार्क ‘बीसिक्सई’ इन्डियोको स्ट्यान्डएओन ‘सिक्सई’ टे«डमार्कबाट मौलिक रुपमा भिन्न रहेको बताएको छ । हवाई सेवा भन्दा पनि ईभी गाडीका लागि यो ब्राण्डिङ प्रयोग भएकाले यस विषयमा कुनै भ्रम नभएको कम्पनीले दाबी गरेको छ ।  

इन्डिगोले सन् २०१५ मा नयाँ ‘सिक्सई’ ब्राण्ड सुरु गरेको थियो । जसअन्तर्गत कम्पनीको हवाई सेवाहरु सञ्चालन हुँदै आएको छ । समयसँगै यो कम्पनीको पहिचानको रुपमा स्थापित भईसकेको छ । कम्पीसँग विज्ञापन,परिवहन र यात्रु सेवासहित अन्य श्रेणीमा यो सिक्सई ब्राण्ड ट्रेडमार्क रजिष्टर्ड छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.