मंगलवार, असार १६,२०८३ 10:58:51
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:58:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरो: ठूला व्यापारीमाथि धरपकड हुँदा नेप्सेमा धक्का, विष्णु पौडेल सेयर बजारका ‘सदाबहार ब्राण्ड’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरो: ठूला व्यापारीमाथि धरपकड हुँदा नेप्सेमा धक्का, विष्णु पौडेल सेयर बजारका ‘सदाबहार ब्राण्ड’

काठमाण्डौ । सधैं झैं यो साताको पहिलो कारोबार दिन पनि हामीले विभिन्न ब्रोकरहाउस पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यो साता हामी त्रिपूरेश्वर, सुन्धारा र न्यूरोडका ब्रोकरहाउसमा पुग्यौं ।  

सबैभन्दा पहिले ११ नबज्दै त्रिपूरेश्वरस्थित इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल कम्पनी(स्टक ब्रोकर नम्बर ५३)मा  पुग्यौं ।

बिहान हामी यहाँ पुग्दा बजार घट्न सुरु भइसकेको थियो । यहाँ लगानीकर्ताको उपस्थिति समान्य नै थियो । यसैबीच त्यहाँ उपस्थित एक लगानीकर्ताले बजार खासै घट्नुपर्ने कारण नरहेको बताए । उनले बजार घट्नुपर्ने त होइन, तर अघिल्लो साता अरुण चौधरी र मीनबहादूर गुरुङ जस्ता व्यक्ति पक्राउ पर्नुले लगानीकर्ता डराएका बताए । उनले भने–‘अरुण चौधरी पक्राउ परेपछि त बजार नै धरमरायो। मीनबहादूर गुरुङले पनि मुद्दा हारे । यो बजार भनेको सेन्टिमेन्टले चल्ने बजार हो । ठूला मानिस तर्साएपछि सेयर बजार कसरी बढ्छ ?’ 

New Office
CG Motors
Garima Development Bank

मध्यान्हको १२ बज्दै थियो, बजार एकोहोरो घट्दै थियो ।

हामी त्यसपछि सुन्धारास्थित सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो । उपस्थित एक लगानीकर्ताले भने-'अहिले बजारमा सबैजना ग्रूप मिलेर किनबेच हुन थाल्यो । हामी भने हेरेको हेर्यै भयौं ।'  

त्यही उपस्थित अर्का एक लगानीकर्ताले व्यङ्ग्यात्मक शैलमिा भने, ‘बजारमा तत्कालै केही होला जस्तो छैन । हामी त बेच्न आएको, यो मूल्यमा के बेच्ने ? जाउँ बरु न्युरोड तर्फ । उनले थप्दै भने, ‘ए’ गाँउले त्यो अपी हाइड्रो कस्तो छ ? उनलाई जवाफ दिंदै अर्का लगानीकर्ता बोले, ‘अहिले घटेको छ गाउँले ।’ 

उनले फेरि भने-'तपाइँले रातो ज्याकेट लगाएर बजार घटेको हो !' उनले हाँस्दै भने-'मेरो त श्रीमतिले घरमा रातो लगाउदिनन् त्यसैले रातो लगाएको ।’ उनीसँगै बसेका अर्को लगानीकर्ताले थपे-'अब बजामा रातो कपडा लगाएर, रातो साधन चढेर आउन भएन है !'  

बजार घटेको घट्यै थियो । त्यहीँ बसेका अर्का एक लगानीकर्ताले भने-'अब बजार अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नआएसम्म नबढ्ने देखियो । सेयर बजारमा विष्णु पौडेल सदाबाहर ब्राण्ड नै हुन् । एमालेका धेरै नेताहरुले सेयर बेचेर विस्तारामूनि पैसा राखेका छन् रे । अब पौडेल नआएसम्म बजार धेरै माथि नजाने देखियो ।'  

बजार भने घटेको घट्यै थियो । केही लगानीकर्ता ब्रोकरहाउसबाट निस्केर हिँडे । केही भने ब्रोकरहाउसमा यस्तै गल्फत्ती गर्दै बसिरहेका थिए ।  

केही समयको बसाइँपछि हामी न्यूरोडको भेढासिं चोकस्थित एबीसी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर १७ मा पूग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु चियाको चुस्कीसँगै गफमा मस्त थिए । यत्तिकैमा एक लगानीकर्ताले भने-'अघिल्लो साता एकसय रुपैयाँ घट्यो भनेर किनेको सेयर त फेरि पनि एकसय नै घट्यो ।'  

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने-'अहिले त न्यूरोडमा ब्यापार पनि चौपट भएको छ । मन्दीले चौपट भएको ब्यापारमा फेरी बालेनले मोटरसाइकल प्रतिबन्ध गरे । मेरो त ब्यापार नै चौपट भएको छ । ब्यापार नै नभएपछि कुन पैसाले सेयर किन्नु ?'  ती लगानीकर्ताले थप्दै भने-'शहरमा शटर खाली हुँदै गएका छन् । अन्यत्र कमाएर यहाँ लगानी गर्ने अवस्था नै छैन । ठूला ब्यापारीलाई धरपकड छ । अनि कसरी बढ्छ सेयर बजार ?'

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.