शनिबार, जेष्ठ २,२०८३ 08:08:31
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 08:08:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यो साता नेप्सेमा ‘सिमेट्रिकल प्याटर्न’को ‘लोअर ट्रेन्डलाइन’ ब्रेकडाउन, कस्तो रहला आगामी यात्रा ?

Laxmi Sunrise Bank Limited
यो साता नेप्सेमा ‘सिमेट्रिकल प्याटर्न’को ‘लोअर ट्रेन्डलाइन’ ब्रेकडाउन, कस्तो रहला आगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७३५ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८२.२९ को विन्दु्मा बन्द भयो । यस हिसाबले समग्रमा यो साता ५२ अंकले बजार घट्यो ।  

यो साता पाँच दिन कारोबारमा २८ अर्ब ६९ करोड कारोबार भयो । अघिल्लो साता ५ दिनको कारोबारमा ४४ अर्ब ४९ करोडबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार घट्दा कारोबार पनि घट्यो । यो साता बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४५ खर्ब ४९  अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा बजार पूँजीकरण ८१ अर्बले घटेको छ ।  

Bizshala
New Office
CG Motors

प्राबिधिक पक्षः  

सिमेट्रिकल प्याटर्न  

यो साताको बजारलाई सिमेट्रिकल प्यार्टनमार्फत नियाल्दा लोअर ट्रेन्ड लाइन ब्रेक गरेको छ । पटक–पटक २७८० को विन्दु अर्थात अपर ट्रेन्डलाईनमा प्रतिरोध सामना गरेको बजारले यो साता भने २७ सय विन्दुभन्दा तल बन्द भएको छ । यो सँगै नेप्सेमा लोअर ट्रेन्ड लाइन ब्रेक डाउन भएको छ । बजारलाई साप्ताहिक रुपमा पनि क्याण्डल स्टिकमार्फत नियाल्दा इभिनिङ स्टार बनेको छ ।  

डेली बेसमा क्याण्डल स्टिकमार्फत नियाल्दा पनि डार्क क्लाउड कभर प्याटर्न बनेको छ । यसले पनि बजारमा सम्भावित रुपमा बिक्री दबाब पर्दै गरेको देखिन्छ । समग्रमा बजारलाई विभिन्न क्याण्डल स्टिक प्याटर्नमार्फत नियाल्दा यो साताको बजारले बिक्री दबाब परेको र केही समय अझै अल्पकालिन दबाब पर्न सक्ने देखिन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यो साताको बजारलाई नियाल्दा मध्य ब्याण्डबाट तल खसेको छ । यद्यपी लोअर ब्याण्डलाई ब्रेक डाउन भने गरेको अवस्था छैन ।  म्याक्डीमा पनि लोअर लो बनेको छ । आरएसआई ६० को तहबाट खसेर न्यूट्रल जोनमा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९३७

प्रतिरोध २ – २८५९

प्रतिरोध १–  २८०३

पिभट् प्वइन्टः २७३२

घटेमा सपोर्ट  

सपोर्ट १– २६७६

सपोर्ट २– २६०५

सपोर्ट  ३ –२५४९

निष्कर्ष ः यो साता नेप्सेमा ५२ अंकको गिरावट आयो । अघिल्लो साता बजार १२ अंकले घटेको थियो  । डेली बेसमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा यो साता बजारले मध्य ब्याण्ड भन्दा तल खसेको छ । आरएसआई न्यूट्रल जोन ४५ मा चलको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा पनि बजारले ५० दिने मूभिङ एभरेजमा सपोर्ट लिएको छ ।  

पिभट्बाट नियाल्दा बजार पिभट् प्वइन्ट २७३२ विन्दुभन्दा तल खसेको  छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि बजार यो साता दैनिक औषत ५.५ अर्बमा सीमित बनेको  छ । ट्रेन्डलाइन मार्फत नियाल्दा सिमेट्रिकल ट्रेन्ड  लाइनको तल्लो लाइनलाई ब्रेक डाउन गरेको छ । यसर्थ यो साता नेप्सेमा बिक्री दबाब परेको देखिन्छ भने आगामी साताहरुमा पनि यदि बजार पिभट् प्वइन्ट २७३२ विन्दुभन्दा माथि जाँदैन भने माथि भन्दा तलकै सम्भावना बढी रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.