स्काईवेलले नक्सालमा शोरुम खोल्ने, ‘सबैभन्दा बढी रेञ्ज दिने इभी’
काठमाण्डौ । नेपाली बजारमा उपलब्धमध्ये ‘इभी एसयूभी’मध्ये सबैभन्दा बढी रेञ्ज दिने प्रिमियम सेगमेन्टको इभी स्काइवेलको शोरुम नक्सालमा पनि खुल्ने भएको छ । स्काइवेलको नेपालका लागि आधिकारिक बितरक जी मोटर्सका एक अधिकारीकाअनुसार नक्सालको नारायणचौरमा कम्पनीले शोरुम सञ्चालनको तयारी गरेको हो ।