'नाडा अटो शो २०२४' को ४ प्रिमियम स्टल पाउनेमा स्काईवेलदेखि नेटासम्म
काठमाण्डौ । आगामी भदौ ११ गतेदेखि काठमाण्डौमा आयोजना हुने ‘नाडा अटो शो २०२४’ का चारवटा प्रिमियम स्टल स्काईवेल, टाटा लगायतका कम्पनीले पाएका छन् । मुख्य प्रदर्शनी हलभित्रका स्टलहरुमध्ये पनि प्रिमियम मानिने चारवटा स्टलहरु स्काईवेल, टाटा, नेटा भी र हुण्डाईको भागमा परेका हुन् । आज गोलाप्रथाबाट नाडा अटोमोवाइल अशोसिएसन अफ नेपालले नाडा अटो शो २०२४ का लागि स्टलहरुको बाँडफाँड...