नाडा अवधिभर स्काईवेलका इभी एसयूभीप्रति ग्राहकको क्रेज, अन्तिम दिन थप २७ युनिटको बुकिङ
काठमाण्डौ । प्रिमियम इभी एसयुभीको रुपमा नाडा अटो शो २०२४ मा सर्वाधिक चर्चा पाएको स्काईवेलले १२६ वटा गाडीको बुकिङ लिन सफल भएको छ । प्रिमियम सेग्मेन्टको इभी एसयूभीको रुपमा शो अवधिभर नै स्काईवेलको विशेष चर्चा रह्यो । आज(आइतबार) सकिएको नाडा अटो शोमा स्काईवेलका १२६ युनिट इभी बुकिङ भएको हो ।