एटीएमबाट पैसा नआउँदा पनि ब्यालेन्स घटेको छ ? यति दिनभित्र मिल्छ हिसाब
काठमाण्डौ । कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकाल्दा कुनै प्राविधिक समस्याले नगद निकाल्न नसक्दा कहिलेकाहीँ खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले हिसाब मिलायनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार...

