लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘सस्तोमा किन्ने दाउ कुर्दै लगानीकर्ता’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.५५ प्रतिशत अर्थात १४.८८ अंकले घटेर २ हजार ६८२.१५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४९.९२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५ अर्ब १४...

