बोलिङ्गरको मध्य ब्याण्डमा बन्यो ‘डोजी स्टार’, बजारमा आपूर्ति हराउँदै गरेको संकेत
काठमाण्डौ । सेयर बजार आज दिनभरजसो सामान्य उतारचढावपूर्ण रह्यो । आज झिनो अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा मध्य ब्यान्डमा डोजी स्टार बनेको छ । यो आफैमा अनिर्णयको संकेत हो । तर सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन...

