नेप्सेमा २७.४१ अंकको वृद्धि,‘सम्हालिने प्रयासमा बजार’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०४ प्रतिशत अर्थात २७.४१ अंकले बढेर २ हजार ६४५.३६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले बढेर ४७३.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर ५ अर्ब...

