यस्तो छ सिक्लेस हाईड्रोपावरको वित्तीय अवस्था,कुन सूचकमा कति अब्बल ?
काठमाण्डौ । सिक्लेस हाईड्रोपावर लिमिटेडको मुनाफामा झिनो वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ०.२७ प्रतिशतले बढी हो ।