भारतको सेयर बजारले ब्रेक गर्यो रेकर्ड, लगातार दुई दिन नयाँ उचाईमा
काठमाण्डौ । छिमेकी देश भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको छ । आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ४०२ अंकले बढेर ८१ हजार ११९ को विन्दुमा पुगेको छ । यो सेन्सेक्सले चुमेको हालसम्मकै उच्च विन्दु हो । यस्तै निफ्टी५० पनि १२४ अंकले बढेर २४ हजार ७३४ को किर्तीमानी उचाईमा पुगेको छ । आज कारोबारको सुरुवात राम्रो गर्न नसकेको सेन्सेक्सले विस्तारै गति लिदै नयाँ उचाईमा...

