बिहीबार, असार १८,२०८३ 03:47:50
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:47:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको सेयर बजारले ब्रेक गर्यो रेकर्ड, लगातार दुई दिन नयाँ उचाईमा

Laxmi Sunrise Bank Limited
भारतको सेयर बजारले ब्रेक गर्यो रेकर्ड, लगातार दुई दिन नयाँ उचाईमा

काठमाण्डौ । छिमेकी देश भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको छ । आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ४०२ अंकले बढेर ८१ हजार ११९ को विन्दुमा पुगेको छ । यो सेन्सेक्सले चुमेको हालसम्मकै उच्च विन्दु हो ।  

यस्तै निफ्टी५० पनि १२४ अंकले बढेर २४ हजार ७३४ को किर्तीमानी उचाईमा पुगेको छ । आज कारोबारको सुरुवात राम्रो गर्न नसकेको सेन्सेक्सले विस्तारै गति लिदै नयाँ उचाईमा पुगेको छ । आज सेन्सेक्स सुरुवाती सत्रमा २०० अंकले घटेर ८० हजार ५१४ विन्दुमा कारोबारको थालनी गरेको थियो । निफ्टी५० ले पनि ५० अंकको गिरावटका कारोबारको सुरुवात गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

गत मंगलबार पनि भारतीय सेयर बजारले अल टाइम हाईको उचाईमा चुमेको थियो । हिजो भने भारतीय सेयर बजार बन्द थियो ।  आज कोल इण्डियाको सेयरमूल्य ३ प्रतिशत,बीपीसीएलको २.७१ प्रतिशत र हचयुएलको सेयरमूल्य २.४४ प्रतिशतले बढेको छ । 

एशियाली सेयर बजारले आज मिश्रित प्रदर्शन आईरहेको छ । जापानको निक्की इन्डेक्स १.९९ प्रतिशत र शाङघाई कम्पोजिट ०.४१ प्रतिशतले घटेको छ ।  हङकङको हाङसेङ ०.०५ प्रतिशतले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.