भारतको सेयरबजार १४ महिनाकै उच्च विन्दुमा
काठमाण्डौ । भारतीय सेयरबजार मापक इन्डेक्स निफ्टीले १४ महिनाको रेकर्ड ब्रेक गरेको छ । बिहिबार निफ्टी५० इन्डेक्सले २६,२८५।९५ को नयाँ अंक छुटै १४ महिनाकै उच्च विन्दुमा पुगेको हो। यस्तै सेन्सेक्स इन्डेक्स पनि प्रारम्भिक कारोबारमा द्रुत रूपमा बढ्यो र बजार खुल्ने बित्तिकै ८५८४३ विन्दुको स्तरमा पुग्यो।

