बिहीबार, असार १८,२०८३ 03:49:27
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:49:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको सेयर बजार इतिहासकै उच्च, फेडको ब्याजदर कटौतीले विदेशी लगानी भित्रने विश्वास

Laxmi Sunrise Bank Limited
भारतको सेयर बजार इतिहासकै उच्च, फेडको ब्याजदर कटौतीले विदेशी लगानी भित्रने विश्वास

काठमाण्डौ । भारतीय सेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स १३ सय अंकले बढेर ८४ हजार ५४४ सय विन्दुमा पुगेको छ ।  

त्यस्तै निफ्टी५० पनि ३७५ संकले बढेर २५ हजार ७९० विन्दुमा पुगेको छ । यो उचाई हालसम्मकै उच्च हो ।  

New Office
CG Motors
Garima Development Bank

सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये आज २६ वटा कम्पनीको सेयरमूल्य बढ्यो भने ४ वटाको मूल्यमा मात्रै गिरावट आयो । निफ्टीमा कारोबार हुने ५० सेयरमध्ये आज ४४ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छायो भने अन्य ६ वटामा  मात्रै घटे ।  

सेन्सेक्सको आज रियल्टी सेक्टरमा उछाल आयो । यो सेक्टर आज ३.०५ प्रतिशतले बढ्यो । यस्तै अटो १.८८ प्रतिशत,मेटल १.६५ प्रतिशत र वित्त सेवा १.५८ प्रतिशतले बढ्यो ।  

अघिल्लो दिन पनि भारतीय सेयर बजारले अल टाइम हाईको उचाई चुमेको थियो । त्यसदिन सेन्सेक्स इन्डेक्स ८३ हजार १८४ र निफ्टी २५ हजार ४१८ विन्दुमा पुगेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गरेसँगै भारतको केन्द्रीय बैंकले पनि ब्याजदर घटाउने अपेक्षा भारतीय विज्ञहरुले गरेका छन् । जसका कारण भारतको सेयर बजारमा तीव्र वृद्धि देखिएको छ ।  

अघिल्लो दिनहरुमा मिडक्याप र स्मल क्याप कम्पनीहरुको भईरहेको नाफा बुक आज रोकिएको छ । यी कम्पनीहरुमा आज लगानीकर्ताले खरिद  बढाएका छन् । बीएसई मिडक्याप आज १.१६ प्रतिशत र स्मलक्याप १.३७ प्रतिशतले बढ्यो ।  

अमेरिकामा भएको ब्याजदर कटौतीका कारण तरलता बढ्ने र भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताले लगानी बढाउने अपेक्षाका साथ भारतको बजारमा खरिद चाप बढेको छ । जसको परिणामस्वरुप बजार उकालो लागेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.