बिहीबार, असार १८,२०८३ 03:46:44
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:46:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको सेयर बजार हालसम्मकै उच्च, पाकिस्तानमा पनि बुल मार्केटको दबदबा

Laxmi Sunrise Bank Limited
भारतको सेयर बजार हालसम्मकै उच्च, पाकिस्तानमा पनि बुल मार्केटको दबदबा

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौतीपश्चात भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज इन्ट्रा डे कारोबारका क्रममा भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स बढेर ८३ हजार ७७३ र निफ्टी २५ हजार ६११ विन्दुमा पुगेको छ ।  

यससँगै भारतको सेयर बजारले लगातार २ दिन अल टाइम हाईको उचाई चुमेको हो । आज भारतको सेयर बजार सेन्सेक्स अन्त्यसमा भने २३६ अंकले बढेर ८३ हजार १८४ विन्दुमा बन्द भयो । त्यस्तै निफ्टी पनि आज ३८ अंकले बढेर २५ हजार ४१५ विन्दुमा बन्द भयो । आज भारतको सेयर बजारमा उर्जा, बैंकिङ र अटो कम्पनीहरुको सेयरमूल्यमा तीव्र वृद्धि देखियो ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन इन्ट्रा डे कारोबारमा भारतको सेयर बजार बढेर ८३ हजार ३२६ विन्दुमा पुगेको थियो । सेन्सेक्सको क्लोजिङ हाई भने सेप्टेम्बर १७ मा कायम भएको थियो । त्यसदिन सेन्सेक्स ८३ हजार ७९ विन्दुमा पुगेको थियो । त्यसदिन निफ्टी पनि २५ हजार ४१८ को विन्दुमा पुगेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज पाकिस्तानको सेय। बजारमा समेत उछाल आएको छ । पाकिस्तानको सेयर बजार पनि अल टाइम हाईको नजिक पुगेको छ । आज इन्ट्रा डे कारोबारमा पाकिस्तानको सेयर बजार सूचक केएसई–१०० इन्डेक्स १४ सय अंकले बढेको थियो ।    

आज जापानको सेयर बजार पनि २.१३ प्रतिशतले बढ्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.