कामना सेवा विकास बैंकको नाफा ६६.९३% ले बढ्यो, ईपीएस र वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज आम्दानी...

