जापानको सेयर बजारले गर्यो पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार
काठमाण्डौ । जापानको सेयर बजारले पुनरागमन गरेको छ । विगत केही दिनदेखि घटिरहेको जापानको निक्की२२५ पुनःउकालो लाग्न थालेको छ । आज निक्की २ प्रतिशत अर्थात ७४९ अंकले बढेर ३८ हजार ४१५ विन्दुमा पुगेको छ । यस्तै आज टोपिक्स इन्डेक्स पनि २.०२ प्रतिशतले बढेको छ । जापानको केन्द्रीय बैंकले देशको मौद्रिक नीतिसम्बिन्धी महत्वपूर्ण निर्णय लिनु एक साताअघि जापानको सेयर बजारमा सुधार आएको...

