झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजार केहि समय साइडवेज जान सक्छ’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज बजार १.७६ अंक अर्थात ०.०८ प्रतिशतले घटेर २ हजार ३३.०६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख...

