संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौ । अघिल्लो दिन हुन नसकेको संघीय संसदको दुवै सदनको बैठक आज फेरि बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ ।आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

