भक्तपुरको वर्षौ पुरानो नेमकिपा किल्ला भत्कियो, रास्वपाको शानदार जित
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीको लामो समयदेखिको पकड तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन्।
TRENDING
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीको लामो समयदेखिको पकड तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन्।
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ) ले अग्रता कायम गर्दै मतान्तर बढाउन थालेका छन्।निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानका वडा नम्बर १ देखि ६ सम्मको १५ हजार ३७८ मत गणना सकिँदा साम्पाङले ५ हजार ८९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)...
चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ८७ हजार ०२८ मत गणना गरिएको थियो।
काठमाण्डौ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाए। म्याग्दीमा मतगणना प्रक्रिया सम्पन्न भइसकेको छ भने औपचारिक घोषणा भने मुख्य निर्वाचन अधिकृतको...
काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टीले काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा शानदार जित हासिल गरेको छ ।
काठमाण्डौ । ७ निर्वाचन क्षेत्रमा शानदार जित हासिल गर्दै रास्वपाले प्रतिनिधिसभा निर्वाचनको मतपरिणाममा अग्रता लिएको छ । शुक्रबार मध्यराति १२ बजेसम्म प्राप्त अपडेटअनुसार रास्वपाले काठमाण्डौका ६ र कास्कीको १ सहित ७ निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरसहितको जित हासिल गरेको हो । काठमाण्डौ १, ३, ६, ७, ८ र १० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेद्वारले जित हासिल गरेका छन् ।...
काठमाण्डौ । देशभर रास्वपाको लहर चलेको समयमा प्रत्यक्षतर्फ हालसम्म एमालेले १४ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । तर, अग्रता लिएकामध्ये ९ वटा क्षेत्रमा निकटतम प्रतिस्पर्धीभन्दा एमाले उम्मेद्वारको मतान्तर निकै झिनो देखिएकोले परिणममा उलटफेर हुनसक्ने सम्भावना देखिएको छ ।
काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह १४ हजार बढी मतान्तरसहित अगाडि बढेका छन् ।
काठमाडौँ । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्ट निर्वाचित भएका छन्।अन्तिम मतपरिणामअनुसार विष्टले ३७ हजार ४६९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत मात्र प्राप्त गरेका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
कालिकोट निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेका बेला विजय र्याली, अबिरजात्रा तथा उत्सव नगर्न आफ्ना समर्थक र कार्यकर्तालाई अपील गरेको छ।
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका पूर्व अर्थमन्त्रीहरुमध्ये अधिकांश प्रारम्भिक मतपरिणाममा पछाडि देखिएका छन् । सेयर बजारका लगानीकर्ताले सर्वाधिक मन पराएका पूर्व अर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेल निकै निकै नाजुक मतान्तरसहित राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वारसँग पछाडि परेका छन् । उनी लगभग हार्ने निश्चित देखिएको छ ।
सर्लाही । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंहले निरन्तर अग्रता कायम गरेका छन्।निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक मतपरिणामअनुसार सिंहले ६ हजार २६४ मत प्राप्त गरेका छन्। उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले ३ हजार ६७१ मत प्राप्त गरेका छन्।
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको पछिल्लो अवस्थाले काठमाडौँ र कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभूतपूर्व उभार देखाएको छ। प्रारम्भिक तथा पछिल्लो मतपरिणामअनुसार यी दुई जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाले स्पष्ट अग्रता कायम गर्दै ‘क्लिन स्वीप’ नजिक पुगेको देखिएको छ।
रसुवा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। शुक्रबार राति सम्पन्न अन्तिम मतगणनाअनुसार उनले १० हजार ६ सय ४५ मत प्राप्त गर्दै जित हात पारेका हुन्।
काठमाण्डौ । उज्यालो नेपालका नायक तथा पूर्व मन्त्री र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । काठमाण्डौको क्षेत्रनम्बर ३ बाट निर्वाचनमा उम्मेद्वारी दिएका कुलमान राष्टिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेसँग पराजित भएका हुन् ।
अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव रहिसकेका भूपदेव शाह तेस्रो स्थानमा देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका रूपमा चुनावी मैदानमा रहेका उनले हालसम्म ३५५ मत प्राप्त गरेका छन्।
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्। शुक्रबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार उनले आफ्ना प्रतिस्पर्धीलाई उल्लेख्य मतान्तरले पराजित गर्दै जित हात पारेकी हुन्।
काठमाण्डौ । ललितपुर १ मा सुरुवातबाटै अग्रता लिएका नेपाली कांग्रेसका उम्मेद्वारलाई रास्वपाले पछाडि पारेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.