चितवन १ बाट हरि ढकाल शानदार मतसहित विजयी
चितवन । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई फराकिलो मतान्तरले पछि पार्दै जित हात पारेका हुन्।अन्तिम मतपरिणामअनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरेका छन् भने बुर्लाकोटीले १३ हजार ३३ मत पाए। यससँगै ढकालले ४५ हजार १७५ मतको उल्लेख्य...

