झापा । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् । केहीबेरअघि घोषणा भएको नयाँ मतपरिणामअनुसार कुल खसेको सदर मतमध्ये बालेन्द्र शाहलाई मात्रै ६६ प्रतिशत मत प्राप्त भएको देखिएको छ । शाहका अगाडि एमालेका केपी शर्मा ओली निरीह जस्तै देखिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा ५ को ६५१०० मतगणना गर्दा ५९५५१ सदर मत रहेको छ भने २५४९ मत बदर भएको छ । सदर मतमध्ये बालेन शाहले ३९ हजार २८४ मत प्राप्त गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार २९३ मत मात्रै प्राप्त गरेका छन् ।
यो क्षेत्रमा हालसम्म कांग्रेस उम्मेद्वारलाई १ हजार ९६, नेकपा उम्मेद्वारलाई ९४१ मत मात्रै प्राप्त भएको छ ।

