काठमाण्डौ । समानुपातिकतर्फको पनि मतगणना जारी छ । काठमाण्डौबाट समानुपातिकको मतगणना भइरहेको छ । ताजा परिणामअनुसार समानुपातिकमा पनि रास्वपा निकै अगाडि छ ।
हालसम्म ५४३४७ मत गन्दा रास्वपाले ३१ हजार २६० मत प्राप्त गरेको छ । यो भनेको करिब ५८ प्रतिशत मत हो ।
दोश्रोमा नेपाली कांग्रेस रहेको छ । यो दलले समानुपातिकमा ९६८७ मत प्राप्त गरेको छ । यो भनेको करिब १८ प्रतिशत हो ।
एमालेले ४३६५ मत प्राप्त गरेको छ । यो भनेको ८ प्रतिशत हाराहारीको मत हो । यसअघि राप्रपा तेश्रो नम्बरमा देखिए पनि एमालेले सुधार गर्दै राप्रपालाई पछि पारेको छ ।
चौथो स्थानमा राप्रपा रहेको छ । उसको मत ४०५५ रहेको छ । यो भनेको ७.४६ प्रतिशत हो ।
पाँचौ स्थानमा नेकपा देखिएको छ । समानुपातिकतर्फ यो दलको हालसम्मको मत १४७६ रहेको छ । यो भनेको करिब ३ प्रतिशत हो ।

