आज तोलामा रु.१ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । गत शुक्रबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।