उच्च विन्दुबाट झर्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । आज...