सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले जारी गरेको मूल्यसूची अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।